नेपालमा १४ हजार ३ सय ९९ जना कोरोना संक्रमण मुक्त, कुन प्रदेशका कति ? (विवरणसहित)

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १५१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १४ हजार ३ सय ९९ पुगेको छ ।
कुल संक्रमित मध्ये ७२.८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जनाकारी दिए ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा ८३१ जना

प्रदेश २ मा ३१०१जना

वाग्मती प्रदेश ५२६ जना

गण्डकी प्रदेशमा १२४४ जना

प्रदेश ५ मा ३९७१ जना

कर्णाली प्रदेशमा १७१८जना

सुदूरपश्चिम प्रदेशमा ३००८ जना

नेपालमा आज (शुक्रवार) थप २२४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ७७१ पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?