काठमाडौंका ३२ जनामा कोरोना भाईरस संक्रमण पुष्टि

काठमाडौं – बितेको २४ घण्टामा काठमाडौंमा मात्रै थप ३२  जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ८ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणका क्रममा थप ३ जना, पाटन अस्पताल ललितपुरमा गरिएको परिक्षणमा थप २ जना, विर अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा १ जना, प्रहरी अस्पतालमा गरिएको परिक्षणमा १८ जना गरी बितेको २४ घण्टामा थप २८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।

हिजो काठमाडौंमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

लकडाउन खुलेसँगै काठमाडौंमा भिडभाड बढेको छ । संक्रमितको संख्या थपिईरहेको कारणले भिडभाडमा नजान, अनिवार्य मास्कको प्रयोग गर्न, टाढैबाट अभिवादन गर्न, बेलाबेला मिचिमिची साबुनपानीले हात धुन र सेनिटाईजर प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

बितेको २४ घण्टामा २२४ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको कुल संख्या १९ हजार ७७१ पुग्यो

नेपालमा आज (शुक्रवार) थप २२४ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ७७१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १५१ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ३९९ पुगेको छ ।

नेपालमा हिजो (बिहीवार) २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा बितेको २४ घण्टामा थप १५१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ३ सय ९९ पुगेको छ ।
कुल संक्रमित मध्ये ७२.८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जनाकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?