ब्राजिलमा कोरोना भयावह कायमै, २६ लाख बढीमा संक्रमण

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ६ लाख ७७ हजार १८४ जनाको मृत्यु भईसकेको छ भने १ करोड ७४ लाख ९९ हजार ७६७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ९५ लाख ६ हजार ५२१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६६ हजार ३५६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

ब्राजिलमा कुल संक्रमितको संख्या २६ लाख १३ हजार ७ सय ८९ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ९१ हजार ३ सय ७७ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १८ लाख २४ हजार ९५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?