खाडी मुलुक साउदी अरबमा २ लाख ७४ हजार बढीमा कोरोना संक्रमण

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ६ लाख ७७ हजार १८४ जनाको मृत्यु भईसकेको छ भने १ करोड ७४ लाख ९९ हजार ७६७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ९५ लाख ६ हजार ५२१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६६ हजार ३५६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

खाडी मुलुक साउदी अरबमा कोरोनाको कारण २ हजार ८ सय ४२ जना मानिसको ज्यान गइसकेको छ । भने २ लाख ७४ हजार २ सय १९ जनामा कोरोना संक्रमण देखिएको छ । साउदी अरबमा २ लाख ३१ हजार १ सय ९८ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने २ हजार ४४ जनाको अवस्था गम्भिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?