काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ । कोरोना भाइरसका कारण विश्व नै त्रस्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ६ लाख ७७ हजार १८३ जनाको मृत्यु भईसकेको छ भने १ करोड ७४ लाख ९९ हजार ७५० जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ९५ लाख ६ हजार ५२१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६६ हजार ३५६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच नेपाल कोरोना भाइरस संक्रमितको हिसावले विश्वको ६५ औँ स्थानमा रहेको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ५४७ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २२७ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ पुगेको छ ।
कोरोना संक्रमितको हिसावले सबैभन्दा अगाडि अमेरिका रहेको छ भने दोश्रोमा ब्राजिल र तेश्रो स्थानमा भारत रहेका छन् । त्यस्तै चौथो नम्बरमा रुस रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया