रियलको नयाँ जर्सी सार्वजनिक

काठमाडौं । स्पेनिस ला लिगा च्याम्पियन रियल मड्रिडले नयाँ सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । रियलले शुक्रबार सन् २०२० र २१ को सिजनका लागि होम र अवे जर्सी सार्वजनिक गरेको हो ।

नयाँ जर्सी एडिडास कम्पनीले बनाएको छ । रियलले होम जर्सी आफ्नो ट्रेडमार्क रङ्ग सेतो र अवे जर्सी गुलाबी रङ्गको बनाएको छ ।

यस सिजन रियलले बार्सिलोनालाई पछि पार्दै ३४ औं पटक ला लिगाओ उपाधि जितेको थियो । भिल्ला रियललाई २-१ गोल अन्तरले पराजित गर्दै रियलले एक खेल अगाबै लिगको उपाधि हात पारेको थियो ।

  • एजेन्सी

यो पनि पढ्नुहोस् :  ३४ औं पटक ला लिगा उपाधि रियलको पेल्टामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?