काठमाडौं । कोरोनाको संक्रमणसँग लडिरहेका ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले आफ्नो फोक्सोमा मोल्ड रहेको बताएपछि सबै अचम्मित बनेका छन् ।
उनले आफ्नो फेक्सोमा मोल्ड रहेको र जसका कारण आफूले कमजोर महशुस गरिरहेको बताएका हुन् ।
उनी अहिले एन्टीबायोटिक्स औषधि लिईरहेका छन् । यो भन्दा केहि दिन अगाडि मात्र उनी कोरोना संक्रमण भएपछि आईसोलेसनमा रहेका थिए ।
उनले भने, ‘मैले रगतको परीक्षण गराएको छु, म आज विहान देखि कमजोर महशुस गरिरहेको छु, किनभने मेरो फोक्सो मोल्ड भएको छ ।’
उनले यो कुरा एक लाइभस्ट्रिमको माध्यमबाट सञ्चारमाध्यमहरुसँग बताएका हुन् । तर उनले आफ्नो इन्फेक्सनको बारेमा भने खुलेर केहि बताएका छैनन् ।
Brazilian President Bolsonaro says he has 'mold' in lungs https://t.co/JChk2GCpQy pic.twitter.com/VBu8d00tFc
— Reuters U.S. News (@ReutersUS) July 31, 2020
के हो त ‘मोल्ड’ ?
फोक्सोमा मोल्ड हुनुको मतलव भनेको खाली ठाउँमा जब ब्याक्टेरियल वा फंगल स्पोर्स रहन्छ त्यसैलाई मोल्ड भनिन्छ । यसको कारण मानिसलाई टिबी हुन सक्छ ।
मोल्ड हँदा फोक्सोमा कपाल फुलेको जस्तो देखिन्छ । फलमा कालो र सेतो रङको हामीले कहिले काँहि देखेजस्तै मोल्ड हुँदा फोक्सोमा पनि त्यस्तै हुने गर्दछ ।
जसका कारण श्वास फेर्न समस्या हुन्छ । बोल्सोनारो करिव तीन हप्ता यता कोरोना संक्रमण भएको कारण क्वारेन्टाइनमा छन् ।
उनकी श्रीमती मिशेललाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया