काठमाडौं – कोरोनाको उपचार गराईरहेकी एकजना महिलाको मृत्यु भएको छ । उनी ललितपुर थसिखेलका बासिन्दा हुन् ।
ललितपुरस्थित पाटन अस्पतालको आईसीयूमा उपचाररत महिलामा कोरोना संक्रमणको सबै लक्षण ज्वरो आउने, रुघा खोकी, श्वाप्रश्वासमा कठिनाई हुने टाउको दुख्ने लगायतका समस्या देखिएको थियो ।
स्टार अस्पताल सानेपामा उपचार क्रममा गत असार ६ गते कोरोना पोजिटिभ देखिएपछि उनलाई पाटन अस्पतालमा रिफर गरेको थियो ।
प्राप्त जानकारी अनुसार ६५ वर्षीया ति महिला केही दिनअघि वीरगञ्जबाट आएकी थिईन् ।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई पाटन अस्पताल सारि उपचार भईरहेकोमा आज शुक्रबार बिहान सवा नौ बजे मृत्यु भएको हो ।
उनको शव व्यवस्थापनको तयारी भएको छ ।
कोरोना लागेर मृत्यु भएकाको शव कसरी व्यवस्थापन गरिन्छ ?
यस्तो छ कार्यविधि :

Photo:symbolic/google_internet
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया