प्रहरी प्रधान कार्यालयका थप २८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै त्यहाँ कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७२ पुगेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए ।

हालसम्म देशभर २ सय ५० जना प्रहरीलाई कोरोना पुष्टि भएको छ ।

थपिएका २८ संक्रमितको अवस्था सामान्य रहेको र उनीहरुको उपचार भइरहेको प्रवक्ता कडायतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?