सुनको मूल्य १ लाख नजिक

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा बृद्धि भइ नयाँ रेकर्ड कायम गरेको छ । बिहीवार प्रतितोला छापावाल सुनको मूल्य ९९ हजार रहेको थियो । आज तोलामा ३ सयले बृद्धि भइ प्रतितोला सुन ९९ हजार ३ सय कायम भइ कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ९८ हजार ८ सय ६५ रहेको छ ।

तर बिहीवारको तुलनामा चाँदीको मूल्यमा भने कमि आएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १ हजार २ सय २५ रहेको थियो । भने आज तोलामा २५ रुपैयाँले कमि आइ प्रतितोला चाँदी १ हजार २ सयमा कारोवार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?