नेपाली कांग्रेसभित्र आन्तरिक विवाद बल्झिदै जाँदा पार्टीको १४औं महाधिवेशन प्रभावित हुने संकेत देखिएको छ। गुटगत विवादले निर्धारित समयमा कार्यसम्पादन नहुँदा कार्यतालिका संशोधन हुँदै आइरहेका बेला पार्टीका विभाग गठनलाई लिएर संस्थापन र इतर समूहबीचको मतभेद फेरि चुलिन पुगेको छ।
गुटगत स्वार्थले गत फागुनमा सकिनुपर्ने संगठन समायोजन अहिलेसम्म नसकिँदा कार्यतालिका खुम्चाइएको छ। कार्यतालिका खुम्चाइए पनि त्यस अनुसार काम हुन नसक्दा आगामी फागुन ७ देखि महाधिवेशन सुरु हुनेमा संशय छ। संशय भइरहेका बेला सभापति शेरबहादुर देउवाले महाधिवेशन प्रभावित पार्न विभाग गठनलाई तीव्रता दिएको आरोप नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहितको असन्तुष्ट पक्षले लगाएको छ।
असन्तुष्ट पक्षले महाधिवेशन निष्पक्ष हुनेमै आशंका व्यक्त गर्दै बिहीबार सभापति देउवालाई पाँचबुँदे लिखित ध्यानाकर्षण पत्र बुझाएको छ। विधि, विधान र निर्वाचन आचारसंहिता विपरीत पार्टीमा नियुक्ति र मनोनयन नरोकिए त्यसलाई महाधिवेशनको अजेन्डा बनाउने असन्तुष्ट पक्षले जनाएको छ। असन्तुष्ट पक्षले नेता–कार्यकर्तालाई विभिन्न पदको प्रलोभनमा पारेर महाधिवेशन प्रभावित पार्ने काम नगर्न सभापति देउवासँग माग गरेको छ। नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया