काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ७२ हजार ८ सय ६८ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ७३ लाख २८ हजार ९ सय जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड ८ लाख २३ हजार ७ सय ३० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६६ हजार ४ सय ४८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
ब्राजिलमा बितेको २४ घण्टामा ११ हजार २ सय ४७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २५ लाख ६६ हजार ७ सय ६५ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ९० हजार ३ सय ३ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
वल्डोमिटरको तथ्यांक अनुसार १७ लाख ८७ हजार ४ सय १९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ९५ जनाको ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया