काठमाडौं । कोरोना संक्रमणको हिसाबले तेस्रो देश भारतमा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा ५४ हजार ८ सय जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १६ लाख ३९ हजार १ सय ८४ पुगेको छ । भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३५ हजार ७ सय ८६ पुगेको छ । हालसम्म १० लाख ५८ हजार ६ सय ५९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ७ सय ८३ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ७२ हजार ९ सय ८७ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ७३ लाख ३४ हजार ८ सय ५३ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ८ लाख २७ हजार ३ सय २८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६६ हजार ४ सय ४८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया