कोरोना महामारी : यी ५ देशमा छन् सबै भन्दा धेरै संक्रमित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ७२ हजार ८ सय ६८ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ७३ लाख २८ हजार ९ सय जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ८ लाख २३ हजार ७ सय ३० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६६ हजार ४ सय ४८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ५५ हजार ४ सय ७२ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २९ हजार ३ सय २२ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४५ लाख ९७ हजार ३ सय ५९ पुगेको छ । हालसम्म २२ लाख ५१ हजार ६ सय १९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १८ हजार ८ सय ४७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ६ सय ३२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ११ हजार २ सय ४७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २५ लाख ६६ हजार ७ सय ६५ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ९० हजार ३ सय ३ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १७ लाख ८७ हजार ४ सय १९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ९५ जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३५ हजार ७ सय ६ पुगेको छ । बितेको २४ घण्टामा ५४ हजार ८ सय जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १६ लाख ३९ हजार १ सय ८४ पुगेको छ । हालसम्म १० लाख ५ हजार ६ सय ५९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ७ सय ८३ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १३ हजार ८ सय २ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ५ सय ९ जनामा कोरोना पुष्टि भएको र १ सय २९ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ८ लाख ३४ सय ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ६ लाख २९ हजार ६ सय ५५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७ हजार ४ सय ९७ पुगेको छ । हालसम्म ४ लाख ७१ हजार १ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?