सुनको मूर्ति भनी ठगी गर्ने व्यक्तिहरू पक्राउ

काठमाडौं । काठमाडौंमा सुनको मूर्ति भनी ठगी गर्ने व्यक्तिहरू पक्राउ परेका छन् । सुनको बुद्दमूर्ति बिक्री गर्ने भनी ठगी गर्ने २ जनालाई उपत्यकाका विभिन्न स्थानहरूबाट
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास नगरपालिका-८ बस्ने २१ वर्षीय अनिल बाँनिया र रामेछाप मन्थली नगरपालिका-२ घर भई काठमाडौं जोरपाटी बस्ने ३७ वर्षीय बसन्त श्रेष्ठ रहेका छन् ।

आफूहरूसँग आधा किलो सुनसहितको गौतम बुद्दको मूर्ति रहेको र किन्ने भए २० लाख रुपैयाँमा बेच्छौं भनी नगद १४ लाख रुपैयाँ समेत लिई फरार रहेका उनीहरूलाई नगद १ लाख ९५ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर पठाईएको उक्त महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?