ओमकृष्ण जोशीले दिए सनराइज बैंकको सञ्चालकबाट राजीनामा

काठमाडौं । ओमकृष्ण जोशीले सनराइज बैंकको सञ्चालकबाट राजीनामा दिएका छन् ।

बिहीवार बसेको सञ्चालक समितिको बैठकमा जोशीले राजिनामा बुझाएका हुन् । तर उनको राजीनामा स्वीकृत भइनसकेको स्रोतले जनाएको छ ।

पछिल्लो समय बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जनकराज शर्मा पौडेल राख्ने वा हटाउने भन्ने विषयमा विवाद भइरहेका बेला उनले राजीनामा दिएका हुन् । यस्तो अवस्थामा राजीनामा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तर बैंकले भने आजसम्म उक्त विषयमा आधिकारीक रुपमा धारणाहरु सार्वजनिक गरेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?