नेपालमा कोरोना अपडेट : कुन जिल्लामा कति थपिए संक्रमित ? यस्तो छ समग्र विवरण

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ६ हजार ३ सय ४ जनाको पीसीआर परीक्षण गरिएको छ । जसबाट २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५ सय ४७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २७ रहेको छ । हालसम्म १४ हजार २ सय ४८ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । जुन कुल संक्रमितको ७२ दशमलव ९७ प्रतिशत हो । बितेको २४ घण्टामा मात्र थप २ सय २७ जना कोरोना मुक्त भइ घर फर्किएको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए ।

त्यस्तै पछिल्लो समय नेपालमा क्वारेन्टाइनमा बस्नेहरुको संख्या घटिरहेको छ । नेपालमा हाल १३ हजार २ सय १ जना क्वारेन्टाइनमा रहेका छन् । नेपालमा हालसम्म ३ लाख ६४ हजार ६ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यस्तै हालसम्म नेपालमा कोरोनाको कारण ५२ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । नेपालमा ५ सय ३२ जना कोरोना संक्रमणको उच्च जोखिम अर्थात ‘रेड जोन’मा रहेका छन् ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । बिहीवार(आज) उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ४१ जना काठमाडौंका, ललितपुर र भक्तपुरका २र२ जना रहेका छन् ।

 

कुन जिल्लामा कति थपिए संक्रमित ?

बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका २ जना

कोशी अस्पताल प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १ जना र उदयपुरका २ जना

प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ३ जना, सर्लाहीका १ जना र मोरङका २ जना

प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १४ जना, महोत्तरीका ४ जना र नवलपरासीका १ जना

नारायाणी अस्पताल विरगञ्जमा गरिएको परीक्षणमा बाराका ६ जना र पर्साका १७ जना

राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २ जना काठमाडौंका १९ जना

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा बाराका ५ जना र चितवनका १ जना,दोलखाका १ जना, गोरखाका १ जना, काठमाडौंका १३ जना,महोत्तरीका १ जना, रौतहटका २ जना, सर्लाहीका १ जना र सप्तरीका २ जना

नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा बाराका ६ जना र पर्साका ४७ जना

भरतपुर अस्पताल प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ४ जना

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडा प्रयोशालामा गरिएको परीक्षणमा अर्घखाचीका १ जना, कपिलवस्तुका १ जना र प्यूठानका २ जना

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा गरिएको परीक्षणमा बाराका १ जना, दाङका १ जना, धादिङ्का ४ जना, काठमाडौंका ४ जना, खोटाङका १ जना, नुवाकोटका २ जना, पर्साका १ जना, सर्लाहीका २ जना र स्याङजाका १ जना

नेपाल प्रहरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ३ जना

स्टार अस्पताल प्रयोगशाला सनेपामा गरिएको परीक्षणमा काठमाडौंका २ जना, ललितपुरका २ जना, महोत्तरीका १ जना र पर्साका १ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा लमजुङका १ जना र कास्कीका १ जना

प्रादेशीक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका ६ जना, कास्कीका २ जना, लमजुङका २ जना, तँनहुका ३ जना, स्याङजाका ११ जना र नवलपरासी पूर्वका १ जना

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका १ जना, बाँकेका २० जना, बर्दियाका ८ जना, दाङका २ जना, कञ्चनपुरका १ जना, प्यूठानका १ जना, सर्लाहीका १ जना र सुर्खेतका २ जना

लुम्बिनी प्रादेशीक अस्पताल प्रयोगशाला बुटवलमा गरिएको परीक्षणमा रुपन्देहीका १ जना

सुर्खेत प्रादेशीक अस्पताल प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा मुगुका १ जना, सल्यानका ३ जना र सुर्खेतका ७ जना

पिसिआर प्रयोगशाला दैलेखमा गरिएको परीक्षणमा दैलेखका १० जना

चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा जाजरकोटका १ जना

डडेल्धुरा अस्पताल प्रयोगशाला डडेल्धुरामा गरिएको परीक्षणमा डडेल्धुरका २ जना

सेती प्रादेशीक अस्पताल प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा दार्चुलाका १ जना, कैलालीका ५ जना र कञ्चनपुरका १ जना
आज जम्मा संक्रमित हुनु हुनेको संख्या २७४ जना

 

कुन प्रदेशमा कति भए कोरोना मुक्त ?

नेपालमा थप २ सय २७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार २ सय ४८ जना रहेका छन् ।

प्रदेश १ मा ८२९ जना

प्रदेश २ मा ३०७५ जना

वाग्मती प्रदेश ५२४ जना

गण्डकी प्रदेशमा १२३० जना

प्रदेश ५ मा ३९१८ जना

कर्णाली प्रदेशमा १६९९जना

सुदूरपश्चिम प्रदेशमा २९७३ जना

 

कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा ?

नेपालमा हाल क्वारेन्टाइनमा बस्नेको संख्या घटिरहेको छ । हाल नेपालमा १३ हजार २ सय १ जना मानिस क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । क्वारेन्टाइनमा रहेकामध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ३ हजार ३ सय ३५ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा ५ सय ८२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

प्रदेश नं १ मा १ हजार ४ सय ९० जना

प्रदेश नं २ मा १ हजार ७ सय ८१ जना

वाग्मती प्रदेशमा ९ सय ६० जना

गण्डकी प्रदेशमा ३ हजार २ सय ६६ जना

प्रदेश नं ५ मा १ हजार ७ सय ८७ जना

कर्णाली प्रदेशमा ५ सय ८२ जना

सुदूरपश्चिम प्रदेशमा ३ हजार ३ सय ३५ जना

 

कोरोनाको कारण थप ३ जनाको मृत्यु, मृतक संख्या ५२ पुग्यो

नेपालमा कोरोनाको कारण थप ३ जनाको मृत्यु भएको छ ।

त्यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

मृत्यु हुनेमा मोरङ जिल्ला सुनवर्सी नगरपालिका वडा नं ८ निवासी ४५ वर्षीय पुरुष रहेका छन् । उनको हिजो (साउन १४ गते बुधवार) मृत्यु भएको हो ।

उनलाई उच्च ज्वरो र श्वासप्रश्वासमा कठिनाइ रहेको थियो । उनी निरन्तर भारत आवत जावत गरिरहने गरेको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए । उनलाई कोभिड अस्पताल विराटनगरबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हिजो नै रिफर गरिएको र उनको पीसीआर परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो । उनको प्रतिष्ठानको भ्यान्टिलेटरमा उपचार गर्दागर्दै अपरान्ह ४ ४५ बजे निधन भएको हो ।

त्यस्तै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका ७ निवासी ७० वर्षीय पुरुष रहेका छन् । मुटु तथा मधुमेह रोगबाट पीडित उनको बुधवार निधन भएको हो । निमोनियाको बिरामी रहेका उनको वीरगञ्जको निजी अस्पतालमा उपचार गराइरहेको अवस्थामा कोरोना पुष्टि भएपछि साउन ८ गते नारायणी अस्पतालमा उपचार गरिरहेका थिए । उनको उपचारको क्रममा हिजो बिहान ११ बजे निधन भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

त्यस्तै अर्का पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं ५ निवासी ६८ वर्षीय पुरुष रहेका छन् । उनमा गत साउन ७ गते कोरोना पुष्टि भएको थियो ।

मिर्गौलाको समेत समस्या भएका उनलाई झाडापखालाको समेत समस्या रहेको थियो । उनी उपचारका लागि वीरगञ्जका विभिन्न अस्पतालमा गएको र साउन १३ गते नारायणी अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्य थप जटिल बनेपछि उनलाई आइसियूमा राखि भर्ना गर्नुपर्ने र नारायणी अस्पतालमा आइसियू नभएकाले नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए । उनको उपचारको क्रममा मेडिकल कलेजमा साउन हिजो बिहान ३ बजेको समयमा निधन भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

 

बिहीवार काठमाडौं उपत्यकामा कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं उपत्यकामा बिहीवार एकैपटक ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा काठमाडौं उपत्यकामा ललितपुरमा दुई, काठमाडौंमा ४१ र भक्तपुरमा दुई गरि कुल ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १९, भक्तपुरका दुई, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १३, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ४, स्टार अस्पताल ललितपुरमा गरिएको स्वब परीक्षणमा काठमाडौंका २ र ललितपुरका २ जना र नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ३ जनामा गरि बिहीवार उपत्यकाका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार आज थपिएका सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

यी ५ जिल्लामा छैनन् कोरोना संक्रमित

नेपालको ७७ जिल्लामध्ये अहिले ५ जिल्लामा कोरोना संक्रमित छैनन् । ५ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

  • भोजपुर
  • सोलुखुम्बु
  • मुस्ताङ
  • मनाङ
  • रसुवा

यी २ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित

  • रौतहट
  • कैलाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?