कोरोना अपडेट : यस्तो छ कोरोना संक्रमण मुक्त हुनेहरुको प्रादेशीक विवरण

काठमाडौं । नेपालमा थप २ सय २७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार २ सय ४८ जना रहेका छन् ।

कुल संक्रमित मध्ये ७२.९७ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा ८२९ जना

प्रदेश २ मा ३०७५ जना

वाग्मती प्रदेश ५२४ जना

गण्डकी प्रदेशमा १२३० जना

प्रदेश ५ मा ३९१८ जना

कर्णाली प्रदेशमा १६९९जना

सुदूरपश्चिम प्रदेशमा २९७३ जना

नेपालमा आज (बिहीवार) थप २७४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ५४७ पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?