स्वास्थ्य मन्त्रालयले भन्यो- यी ५ जिल्लामा छैनन् कोरोना संक्रमित

काठमाडौं । नेपालको ७७ जिल्लामध्ये अहिले ५ जिल्लामा कोरोना संक्रमित छैनन् । ५ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

हाल कोरोना संक्रमित नभएका ५ जिल्ला

  • भोजपुर
  • सोलुखुम्बु
  • मुस्ताङ
  • मनाङ
  • रसुवा

नेपालमा आज (बिहीवार) थप २७४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ५४७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप २२७ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?