बाँकेमा भरुवा बन्दुकसहित एक जना पक्राउ

काठमाडौं । बाँकेमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका-१ वाटरपार्क बस्ने ४९ वर्षीय प्रदिप डिसीलाई १ नाल भरुवा बन्दुकसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

डिसीले आफ्नो घरको ढोका बन्द गरी लत्ताकपडामा आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएर जाँच गर्दा उक्त बन्दुक फेला पारी उनलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?