काठमाडौं । सीपीएल खेल्न सन्दीप लामिछाने वेष्ट इन्डिज प्रस्थान गरेका छन् ।
क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेट खेल्नका लागि सन्दीप बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् । सन्दीप चार्टर्ड फ्लाइटमार्फत प्रतियोगिता खेल्न गएका हुन् ।
सन्दीप दक्षिण कोरिया र अमेरिका हुँदै वेष्ट इन्डिज पुग्ने छन् । सन्दीप आईतबार मात्र वेष्ट इन्डिज पुग्नेछन् । त्यहाँ पुगेपछि सन्दीप १४ दिनको क्वारेन्टाइनमा बस्नेछन् ।
ट्रिनिडाड एन्ड टोबेगोमा हुने यस वर्षको सीपीएल अगष्ट १८ बाट सेप्टेम्बर १० सम्म हुनेछ । यस सिजन सन्दीपले जमैका तलावाजबाट खेल्ने छन् । उनी तेस्रो सिजन सीपीएल खेल्न लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया