सुनको मूल्य इतिहासकै उच्च, प्रतितोला १ लाख नजिक

काठमाडौं । बिहीवार सुनको मूल्य १ लाख नजिक पुगेको छ । यो मूल्य हालसम्म कै उच्च हो ।

बुधबार प्रतितोला छापावाल सुन ९८ हजार ५ कायम भइ कारोबार भएको थियो । भने आज तोलामा ५ सयले बृद्धि भइ ९९ हजारमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ९८ हजार ५ सय ६० रहेको छ ।

तर बिहीवार चाँदीको मूल्यमा भने स्थिरता छाएको छ । बुधवार प्रतितोला १ हजार २ सय २५ रहेकोमा आज पनि त्यहि मूल्य कायम भइ कारोवार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?