दमौली । प्रहरीले चोरी मुद्दाका एक फरार प्रतिवादीलाई चार वर्षपछि बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका–१० खहरे बस्ने २० वर्षीया अन्जु दरै रहेका छन् । जिल्ला अदालतले उनलाई विसं २०७३ साल पुस ७ गते एक महिना कैद र ४१ हजार ७६० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । निजले १८ दिन कैद र रु ४१ हजार ७६० जरिवाना भुक्तान गर्न बाँकी रहेकाले उनलाई बुधवारै जिल्ला कारागार कार्यालय कास्की पठाइएको प्रहरीले जनाएको छ ।
विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीकार्यलाई प्रहरीले तीव्र पारेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया