लडाइँमा कमजोर हतियार मानिने ‘इन्सास राइफल’सशस्त्रलाई

पुलिस युनिट (एफपीयू) मिसनका लागि लडाइँमा कमजोर हतियार मानिने ‘इन्सास राइफल’ पठाउने भएको छ । युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (अनमिस) अन्तर्गत दक्षिण सुडानको राजधानी जुबा र अर्को सहर बोरस्थित एफपीयूमा कार्यरत एपीएफले हाल प्रयोग गरिरहेका एसएलआर राइफल फिर्ता गरेर त्यसको सट्टामा ५.५६ एमएम क्यालिभरका इन्सास पठाउन लागिएको हो ।
सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले राष्ट्रसंघबाट कम घातक हतियार प्रयोग गर्नुपर्ने आग्रह भएबमोजिम इन्सास राइफल पठाउन लागिएको बताए । ‘अहिले प्रयोग भइरहेका एसएलआर राइफल विस्थापन गरेर छिट्टै जुबा र बोरस्थित एफपीयूका लागि इन्सास राइफल पठाउन लागिएको हो,’ उनले भने, ‘सोही प्रयोजनका लागि सरकारले निर्णय गरेपछि सेनाबाट आवश्यक मात्रामा राइफल प्राप्त गरेका छौं ।’ सशस्त्रले मिसनका लागि बुधबार सेनाबाट ६ सय थान इन्सास राइफल लिएको छ । सेनाले द्वन्द्वकालमा भारतबाट किनेको इन्सास क्रमशः विस्थापित गर्दै आएको छ । बुधबार सशस्त्रलाई हस्तान्तरण गरिएका इन्सास पनि त्यतिबेलै किनिएका हुन् । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?