सामाजिक विकास मन्त्रालयका ३ जना कर्मचारीलाई कोरोना संक्रमण

काठमाडौं । प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना संक्रमण भएको पाइएको छ ।

सामाजिक विकास मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयका २२ जना कर्मचारी मध्ये ३ जनामा कोरोना पोजेटिभ पाइएको हो । ती कर्मचारीहरुको पीसीआर परिक्षण पछि ३ जना कर्मचारीमा कोरोना संक्रमित भएको फेला परेको छ ।

सामाजिक विकास मन्त्रालयका एक चालक, एक जना स्टोर किपर र एक जना कार्यालय सहायक गरी ३ जना संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

त्यस्तै महोत्तरीको प्रकौली स्थित नेपाली सेनाको ब्यारेकमा पनि २२ जनाको पीसीआर परिक्षण गर्दा १० जनामा कोरोना पोजेटिभ पाइएको महोत्तरीको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?