आन्तरिक स्रोतबाट सञ्चालित राष्ट्रिय गौरबका आयोजना अगाडी बढाउन वित्तिय चुनौती

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आन्तरिक स्रोतबाट सञ्चालित राष्ट्रिय गौरबका आयोजना अगाडी बढाउन वित्तिय चुनौती रहेको बताएका छन् ।

वैदेशिक सहायता प्राप्त नहुने र आन्तरिक स्रोतबाट जुटाउनुपर्ने आधा दर्जन बढी गौरबका आयोजना अगाडी बढाउन वित्तिय चुनौती रहेको अर्थमन्त्री खतिवडाले बताए । संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको छलफलमा खतिवडाले आफ्नै स्रोतबाट निर्माण निर्माण सुरु गरिएका आयोजनामा स्रोत जुटाउन कठिन भएको बताए । दातृ निकायहरुले लागत उठ्न लामो समय लाग्ने आयोजनाहरुमा लगानी नगर्ने भएकाले बजेट नहुने उनले बताए । अर्थमन्त्री डा. खतिवडाले सञ्चालनमा रहेका आयोजनाहरुमा कोभिडका कारण बजेट भने अभाव हुन नदिने बताउनुभयो । अन्य क्षेत्रबाट भएपनि स्रोत व्यवस्थापन गरेर व्यवस्थापन गरीने उनले बताए ।

अर्थमन्त्री डा. खतिवडाले विदेशी सहायता आश्रित केही आयोजनाहरुमा समस्या हुने गरेको समेत बताएका छन् । उनीहरुले राख्ने गरेका सर्तहरु पुरा गर्न नसक्ने अवस्था सधै नहुने भएकाले केही आयोजनाहरु कार्यान्वयनमा ढिलाइ हुने गरेको उनले बताए ।

डा. खतिवडाले एमसीसी अनुमोदनको विषय संसदमा विचाराधिन रहेकाले एमसीए नेपाल अन्तरर्गतको काम प्रभावित भएको बताए । सरकारले अहिले आफ्नो खर्चले स्थानीय आवश्यक खर्च गरिरहेको भएपनि दाताले दिने रकमको टुंगो नभएको बताए । विदेशी सहायताका विषयहरुमा गम्भिर छलफल गरी अगाडी बढाउनुपर्ने उनले बताए । एमसीसीको विषयमा अनुमोदन गर्ने नगर्ने विषयमा चाँडो निर्णय गरी अगाडी बढ्नुपर्ने उनले बताए । एमसीसी अनुमोदन नभए सरकारले अन्य स्रोतबाट आयोजना अगाडी बढाउने उनले बताए ।

एमसीसी परियोजनाको सहयोगमा सरकारले लप्सीफेदी—रातामाटे—हेटौंडा र लप्सीफेदी—रातमाटे—दमौली—बुटवल ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण निर्माणको योजना अगाडी बढाएको छ । एमसीसी संसदबाट अनुमोदन नभए सरकारले अन्य स्रोतबाट पुरा गर्ने यसअघि नै बताइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?