पौडेल समूहको असन्तुष्टिकाबीच देउवाले गरे जेष्ठ राजनीतिज्ञ सभा गठन (नामावलीसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र असन्तुष्टि भएका बेला जेष्ठ राजनीतिज्ञ सभा विस्तार गरेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले समिति तथा विभागहरु विस्तार कार्य रोक्नका लागि आग्रह गरिरहेका बेला देउवाले बुधवार जम्बो सभा गठन गरेका हुन् ।

त्यसो त आज नै वरिष्ठ नेता पौडेल समूहले सभापति देउवालाई विभाग गठन कार्य रोक्न लिखित पत्र बुझाउने तयारी गरेका थिए । पार्टीभित्र छलफल नै नगरी एकलौटी ढंगबाट विभाग गठन गरिएको भन्ने आरोप पौडेल पक्षको रहेको छ ।

पौडेल समूहले पार्टीको आगामी १४ औँ महाधिवेशनको कार्यतालिका समेत सार्वजनिक भइसकेको अवस्थामा निर्वाचन आचारसंहिता विपरित हुने भन्दै असन्तुष्टि जनाउँदै आएको थियो ।

सभापति देउवाले नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ५० बमोजिमका ४ सय ७९ सदस्यहरुलाई मनोनित गरेका हुन् ।

जसमा तारानाथ रानाभाट(कास्की), दमनाथ ढुंगाना (काठमाडौं) , अबवर बहादुर सिंह( डडेल्धुरा) तथा किशोर नेपाल (बारा) लगायतलाई मनोनित गरेको हो ।

यस्तो छ नामावली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?