नेपालमा कोरोना अपडेट : कुन जिल्लामा कति थपिए संक्रमित ? यस्तो छ समग्र विवरण

काठमाडौं । नेपालमा आज (बुधवार) थप २१० जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार २७३ पुगेको छ । बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ६ हजार ३७ जनाको कोरोना परीक्षण गर्दा २ सय १० जनामा कोरोना पुष्टि भएको हो ।

हाल नेपालमा ५ हजार २ सय ३ जना सक्रिय संक्रमितत रहेका छन् । हालसम्म १४ हजार २१ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । जुन संख्या कुल संक्रमितको ७२ दशमलव ७ प्रतिशत हो । बितेको २४ घण्टामा मात्र थप १ सय ४६ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै हाल नेपालमा १४ हजार ४ सय ७१ जना क्वारेन्टाइनमा रहेका छन् । हाल नेपालमा ५ सय ३२ जना रेड जोन अर्थात कोरोना संक्रमणको उच्च जोखिममा रहेका छन् ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४९ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । आज मात्रै काठमाडौं उपत्यकामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका १४ जना र एक जना भक्तपुरका रहेको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

त्यस्तै नेपालमा हिजो नेपालमा हिजो (मंगलवार) ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कुन जिल्लामा कति थपिए संक्रमित ?

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका ३ जना र सुनसरीका १ जना

कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका ३ जना

प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २ जना

प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा सप्तरीका १ जना, सर्लाहीका १ जना, धनुषाका १२ जना र महोत्तरीका १३ जना

नारायणी अस्पताल विरगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ३४ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका १ जना, धादिङ्का ७ जना, कपिलवस्तुका २ जना र काठमाडौंका २ जना

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ७ जना

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका २ जना र रौतहटका १ जना

वीर अस्पताल प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका २ जना

त्रिबि विश्व विद्यालय शिक्षण अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौंका १ जना

नेपाल प्रहरी अस्पताल प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सप्तरीका १ जना

स्टार अस्पताल प्रयोगशाला सनेपामा गरिएको परीक्षणमा काठमाडौंका २ जना र महोत्तरीका १ जना

प्रादेशीक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा बाग्लुङका ७ जना, स्याङजाका २६ जना, म्यादीका २ जना र तँनहुका १ जना

सुर्खेत प्रादेशीक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका १ जना

डडेल्धुरा अस्पताल प्रयोगशाला डडेल्धुरामा गरिएको परीक्षणमा बैतडीका २ जना र डोटीका १५ जना

सेती प्रादेशीक अस्पताल प्रयोगशाला धनगढीमा गरिएको परिक्षणमा डोटीका ३७ जना ,कैलालीका ८ जना र कञ्चनपुरका ८ जना

कुन प्रदेशमा कति छन् सक्रिय संक्रमित ?

नेपालमा हाल ५ हजार २ सय ३ जना सक्रिय संक्रमित रहेका छन् । बितेको २४ घण्टामा नेपालमा ६ हजार ३७ जनाको पीसीआर परीक्षण गर्दा २ सय १० जनामा कोरोना संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा थप १ सय ४६ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । हाल रहेका एक्टिभ केस मध्ये सबैभन्दा धेरै प्रदेश नं २ मा प्रदेश नं २ मा १ हजार ९ सय ८२ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा ३ सय २ जना रहेका छन् ।

प्रदेश नं १ मा २ सय २६ जना

प्रदेश नं २ मा १ हजार ९ सय ८२ जना

बाग्मती प्रदेशमा ४ सय ८३ जना

गण्डकी प्रदेशमा २ सय ८८ जना

प्रदेश नं ५ मा ४ सय १ जना

कर्णाली प्रदेशमा ३ सय २ जना

सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय २१ जना

हालसम्म कुन प्रदेशमा कति भए संक्रमण मुक्त ?

बितेको २४ घण्टामा नेपालमा थप १ सय ४६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार २१ रहेको छ ।

कुल कोरोना संक्रमित मध्ये ७२.७ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.  गौतमले बताए ।

प्रदेश १ मा ७८९ जना

प्रदेश २ मा ३,०१८जना

वाग्मती प्रदेश ५१८ जना

गण्डकी प्रदेशमा १,२२७ जना

प्रदेश ५ मा ३,९१० जना

कर्णाली प्रदेशमा १,६८६ जना

सुदूरपश्चिम प्रदेशमा २,८७३ जना

कुन प्रदेशमा कति छन् संक्रमित ?

नेपालमा हाल क्वारेन्टाइनमा बस्नेहरुको संख्या १४ हजार ४ सय ७१ जना रहेका छन् ।

पछिल्लो समय नेपालमा क्वारेन्टाइनमा बस्नेहरुको संख्या घटिरहेको छ । हाल भएका क्वारेन्टाइनमा रहेकामध्ये  सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै ३ हजार ८ सय ९६ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा ६ सय ४३ जना रहेका छन् ।

प्रदेश नं १ मा १ हजार ८ सय ४२ जना

प्रदेश नं २ मा १ हजार ८ सय ४९ जना

बाग्मती प्रदेशमा १ हजार ३५ जना

गण्डकी प्रदेशमा ३ हजार ३ सय ८२ जना

प्रदेश नं ५ मा १ हजार ८ सय २४ जना

कर्णाली प्रदेशमा ६ सय ४३ जना

सुदूरपश्चिम प्रदेशमा ३ हजार ८ सय ९६ जना

कोरोना संक्रमित नभएका यी ५ जिल्ला

नेपालको ७७ जिल्लामध्ये अहिले ५ जिल्लामा कोरोना संक्रमित छैनन् । ५ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

  • भोजपुर
  • मुस्ताङ
  • रसुवा
  • संखुवासभा
  • मनाङ

यी २ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित

  • रौतहट
  • कैलाली

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?