यस्तो छ कोरोना संक्रमण मुक्त हुनेको प्रादेशीक विवरण

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १ सय ४६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार २१ रहेको छ ।

कुल कोरोना संक्रमित मध्ये ७२.७ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।

कुन प्रदेशमा कति भए संक्रमण मुक्त ? 

प्रदेश १ मा ७८९ जना

प्रदेश २ मा ३०१८जना

वाग्मती प्रदेश ५१८ जना

गण्डकी प्रदेशमा १२२७ जना

प्रदेश ५ मा ३९१० जना

कर्णाली प्रदेशमा १६८६ जना

सुदूरपश्चिम प्रदेशमा २८७३ जना

नेपालमा आज (बुधवार) थप २१० जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार २७३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड-१९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?