कुन प्रदेशमा कति छन् ‘एक्टिभ केस’ ? (सूचिसहित)

काठमाडौं । नेपालमा हाल ५ हजार २ सय ३ जना सक्रिय संक्रमित रहेका छन् । बितेको २४ घण्टामा नेपालमा ६ हजार ३७ जनाको पीसीआर परीक्षण गर्दा २ सय १० जनामा कोरोना संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा थप १ सय ४६ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । हाल रहेका एक्टिभ केस मध्ये सबैभन्दा धेरै प्रदेश नं २ मा प्रदेश नं २ मा १ हजार ९ सय ८२ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा ३ सय २ जना रहेका छन् ।

कुन प्रदेशमा कति छन् सक्रिय संक्रमित ?

प्रदेश नं १ मा २ सय २६ जना

प्रदेश नं २ मा १ हजार ९ सय ८२ जना

बाग्मती प्रदेशमा ४ सय ८३ जना

गण्डकी प्रदेशमा २ सय ८८ जना

प्रदेश नं ५ मा ४ सय १ जना

कर्णाली प्रदेशमा ३ सय २ जना

सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय २१ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?