अम्बाला ‘एयरबेसमा’ ‘ल्याण्ड’ भए पाँच राफेल विमान, वायुसेनाले दियो ‘वाटर सेल्यूट’

काठमाडौं । भारतीय वायुसेनाको शक्तिमा आज झनै वृद्धि भएको छ ।

फ्रान्बाट उडेका पाँच राफेल विमान यूएई हुँदै आज भारतको हरियाणास्थित अम्बाला एयरबेसमा ल्याण्ड भएका छन् ।

राफेल लडाकू विमानको स्वागतमा भारतीय वायुसेनाले वाटर सेल्युट दिएका छन् ।

उनीहरुको स्वागत वाट् सेल्यूटबाट गरिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उक्त स्वागत कार्यक्रममा भारतीय वायुसेनाका चीफ आरकेएस भदौरिया पनि सहभागी बनेका थिए । भारतले फ्रान्ससँग ३६ वटा राफेल विमान किनेको छ ।

जसमध्ये पहिलो पटकमा यी पाँच वटा पठाएको हो । यी सबै विमानले मंगलवार फ्रान्सबाट उडान भरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?