शितल र अमृताको स्वरमा मौलिक तीज गीत ‘चरी भरर…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक शितल गुरुङ र गायिका अकृता नेपालीको आवाजमा नयाँ मौलिक तीज गीत “चरी भरर” बजारमा आएको छ ।

कलाकार जीतन भाई श्रीसको लय/शब्द रहेको उक्त गीतको भिडियो मंगलबार सार्वजनिक भएको हो ।

कोरियामा कर्मथलो बनाई नेपाली लोक संगीतमा पनि निरन्तर लागेका श्रीसले यसपालीको तीज कोशेली स्वरुप उक्त गीत बजारमा ल्याएका हुन् ।

विनोद बाजुरालीको संगीत संयोजन, दुर्गा पौडेलको निर्देशन, माधव श्रेष्ठको सह निर्देशन र नविन घर्ति मगरको सम्पादनमा तयार भएको उक्त भिडियोमा सारिका केसी, महेन्द्र गौतम, सारदा गिर (काली आमा) लगायतलाई मुख्य अभिनयमा देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?