‘केजीएफ’ च्याप्टर-२ बाट अधीराको ‘फर्स्ट’ लुक रिलिज

काठमाडौं । फ्यान्सहरु कन्नड सुपरस्टार यशको फिल्म ‘केजीएफ च्याप्टर-२’ को प्रतिक्षामा लामो समयदेखि नै बसिरहेका छन् ।

यसैबीच सञ्जयदत्तको जन्मदिनको अवसरमा आज फिल्ममा यशको पहिलो लुक रिलिज भएको छ । सञ्जय दत्तको जन्मदिनमा उपहार स्वरुप फिल्मको फर्स्ट लुक सार्वजनिक भएको हो । फिल्ममा सञ्जयदत्तको नाम अधीर हुनेछ ।

उनले फिल्ममा नेगेटिभ पात्रको भूमिका निभाइरहेका छन् । उनको लुक एकदमै खतरनाक रहेको देख्न सकिन्छ ।

यो लुक उनका फ्यान्सहरुले धेरै रुचाएका छन् । सञ्जय दत्तले फोटो शेयर गर्दै जन्मदिनको दिन यस्तो उपहार पाएको आफूलाई खुशी लागेको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?