काठमाडौं । राफेल लडाकू विमान आज भारतीय वायुसेनामा थपिँदैछन् ।
अहिले पाँच वटा राफेल लडाकू विमान भारतीय वायुसीमामा आईपुगेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
वायुसीमामा प्रवेश गरेपछि उनीहरुलाई भारतीय नौसेनाले स्वागत गरेको छ । युएईबाट आज उडान भरेका उक्त राफेल विमानले अम्बालाको एयरबेसमा आईपुगेका हुन् ।
फ्रान्सले पहिलो पटकमा पाँच लडाकू विमान भारतर्ला दिएको हो । भारतले ३६ वटा लडाकू विमान किनेको थियो ।
भारतमा राफेल विमान पहिलो पटक आएको हो । यसले सीमावर्ती क्षेत्रबाटै शत्रुलाई निशाना बनाउन सक्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया