टेलिभिजन कार्यक्रम लिएर आउँदै राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमाल फेरि सानोपर्दामा देखिने भएका छन् ।

टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ मार्फत उनी सानो पर्दामा देखिन लागेका हुन् । ‘जातको प्रश्न’ कान्तिपुर टेलिभिजन मार्फत आगामी शनिबारबाट नियमित प्रसारण हुन लागेको हो ।

साँझ साढे ६ बजे प्रशारण हुने सो कार्यक्रम समता फाउन्डेशनको प्रस्तुति रहेको छ । कार्यक्रमको बारेमा समता फाउन्डेसनले बिहीबार एक प्रेस मिट मार्फत विस्तृत जानकारी गराउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?