काठमाडौं । काठमाडौंको धुम्वाराही स्थित हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी प्रा.लि. (ह्याम्स अस्पताल)ले कोरोना भाईरस (कोभिड–१९) को सशुल्क परीक्षण शुरु गरेको छ ।
अघिका दिनमा पिसिआरको रिर्पोट आउन ३/४ दिन लाग्ने बाध्यताबाट मुक्त हुँदै अस्पतालमा आरटी पिसिआर परीक्षण शुरु भएपश्चात शल्यक्रिया गर्नु पर्ने, अन्य उपचारका प्रविधिहरु अपनाउनु पर्ने तथा आईसोलेसनमा राखेर उपचार गर्नु पर्ने बिरामीहरुलाई प्रत्यक्ष फाईदा पुग्ने अस्पतालले विश्वास लिएको छ ।
साथै बैदेशिक रोजगारीमा जाने व्यक्तिहरु, कुटनीतिक नियोगका कर्मचारीहरु, अन्य अस्पतालका विरामीहरुले समेत सो अस्पतालमा आर टी पिसिआर सशुल्क गराउन पाउने छन् ।
नेपाल सरकारद्वारा तोकिएको शुल्क पाँच हजार पाँच सयमा कोभिड–१९ आर टी पिसिआर परिक्षण गरिने अस्पतालले जनाएको छ ।
अस्पतालले सुरक्षाका सम्पूर्ण सावधानी अपनाउँदै कोभिड–१९ को विश्वव्यापी महामारीको विषम परिस्थितीमा समेत यस नियमित रुपमा गुणस्तरीय सेवा संचालन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया