इन्टर मिलानको सहज जितमा नापोली स्तब्ध

काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित हात पारेको छ । मंगलबार राति भएको खेलमा इन्टरले नापोलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा इन्टरलाई जित दिलाउन डानिलो डीुएम्ब्रोसियो र लाउटरो मार्टिनेजले समान एक एक गोल गरे । खेलको ११ औं मिनेटमा डानिलोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७४ औं मिनेटमा मार्टिनेजले गोल गर्दै टोलीलाई २-० को जित दिलाए । जितसँगै दोस्रो स्थानको इन्टरले ३७ खेलमा ७९ अंक जोडेको छ । इन्टरले च्याम्पियन युभेन्ट्ससँगको अंक दुरी समेत घटाएको छ ।

युभेन्ट्सको ८३ अंक रहेको छ । नापोली ५९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?