लुम्बिनी विकास बैंक लि.को विभिन्न सात प्रकारका कर्जामा एकल अंक ब्याजदर निर्धारण

काठमाडौं । लुम्बिनी विकास बैंकले ग्राहकहरूको सुविधालाई ध्यानमा राखेर कर्जा लिन इच्छुक महानुभावहरूलाई एकल अंकको ब्याजदरमा कर्जा प्रभाव गर्नेे भएको छ ।

लुम्बिनी घर कर्जा, व्यक्तिगत कर्जा, अटो कर्जा, शैक्षिक कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, लघुवित्त तथा आर्थिक विपन्न बर्ग सहायता कर्जा र कृषि कर्जा गरेर सात वटा कर्जा योजनाहरूमा ९.९२ % बार्षिक ब्याजदर निर्धारण गरेको हो ।

उक्त ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्नको लागि बैंकको सातै प्रदेशमा अवस्थित ६८ वटा शाखा कार्यालयहरु बाट आवेदन दिन सक्ने र सम्पूुर्ण आवश्यक कागजात सहित आवेदन दिएको ३ कार्यदिन भित्रै कर्जा स्वीकृतीको निर्णय गरिने व्यवस्था बैंकले मिलाएको छ ।

त्यस्तै लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ६८ शाखाहरु र १६ वटा एटीएमबाट आफ्ना करिव २ लाख ५३ हजार ग्राहकलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले २०७७ असार मसान्त सम्ममा २९ अर्ब ७० करोड निक्षेप संकलन गरी २५ अर्ब ७१ करोड कर्जा प्रवाह गर्नुका साथै आफ्ना ग्राहकहरुलाई निशुःल्क डेविट कार्ड वितरण गरी उक्त कार्डबाट नेपालभित्र जुनसुकै बैंकका भिजा नेटवर्क भएको एटिएम मेसिनबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?