यस्तो छ खाडी मुलुक साउदी अरबको पछिल्लो कोरोना अपडेट

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ५९ हजार ८ सय ८७ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ६७ लाख ७१ हजार ५ सय ६० जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट १ करोड ३ लाख ३० हजार ४ सय १६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६६ हजार ५ सय ९६जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

खाडी मुलुक साउदी अरबमा कोरोनाको कारण २ हजार ७ सय ८९ जना मानिसको ज्यान गइसकेको छ । भने २ लाख ७० हजार ८ सय ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा मात्रै साउदी अरबमा २९ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ भने आजै १ हजार ८ सय ९७ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । साउदी अरबमा २ लाख २५ हजार ६ सय २४ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने २ हजार १ सय ३ जनाको अवस्था गम्भिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?