काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ५९ हजार ८ सय ८७ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ६७ लाख ७१ हजार ५ सय ६० जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड ३ लाख ३० हजार ४ सय १६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६६ हजार ५ सय ९६जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ५१ हजार ५ सय ४ जनाको ज्यान गइसकेको छ ।
बितेको २४ घण्टामा २३ हजार ४ सय ६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४४ लाख ५६ हजार ८ सय ७८ पुगेको छ । हालसम्म २१ लाख ५१ हजार ८ सय ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १९ हजार १ सय १२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ५ सय ९ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया