कमलपोखरीमा डुबेर एकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरीमा पौडी खेल्न गएका एक व्यक्तिको डुबेर मृत्यु भएको छ ।

पोखरीमा डुबेर चाँगुनारायण नगरपालिका–९ ताथली खड्का टोलका ५१ वर्षीय राजेश खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

लगाएको लुगा पोखरीको डिलमा राखेर पोखरीमा खड्का पसेको र पौडी खेल्दै दुई पटक निस्किदै गरे पनि तेस्रो पटक पसेपछि पोखरीमा डुबेर बेपत्ता भएका थिए ।

पछि पानीबाट उद्धार गर्ने तालीम प्राप्त उद्धार सामाग्री सहितको प्रहरी निरीक्षक सुवास बुढाथोकीको टोलीले उद्धार गरी भक्तपुर अस्पताल पुर्‍याउँदा चिकित्सकले खड्काको मृत्यु भइसकेको जानकारी दिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?