काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेर पार्टी प्रवेश गरेका सुनिल थापालाई कांग्रेसले सहमहामन्त्रीको जिम्मेवारी दिएको छ । पार्टी कार्यालय सानेपामा पार्टी प्रवेश गराउँदै सभापति देउवाले पार्टी सहमहामन्त्रीको जिम्मेवारी दिएको भेदभाव नगर्ने समेत बताए । राप्रपाको तीन गुट एक ठाँउमा भएसँगै रुष्टिएका थापासहित ३१ जना नेताले सामुहिक राजिनामा दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति देउवाले प्रजातन्त्रको सुदृढिकरणका लागि लोकतान्त्रिक शक्तिहरु एक हुन जरुरी रहेको बताएका छन् ।
कांग्रेस प्रवेश गरेका थापासहितलाई पार्टी प्रवेश गराउँदै सभापति देउवाले प्रजातन्त्रलाई डरलाग्दो अवस्थाबाट माथि उठाउन लोकतान्त्रिक शक्तिहरु एकजुट हुनु आवश्यक रहेको बताए । प्रजातन्त्र विरोधि शक्तिहरु सरकारमा रहेको उल्लेख गर्दै उनले सरकारका कारण प्रजातन्त्र माथि संकट आउने अवस्था आएको बताए । प्रेस स्वतन्त्रता कमजोर पार्ने, फोन ट्यापिङ गर्न पाउने विधेयकहरु ल्याएर सरकारले ‘प्राइभेट कुरा गर्न नसकिने अवस्था’ आएको उनले बताए । उनले भने, ‘‘डरलाग्दो अवस्था छ । लोकतान्त्रिक शक्तिहरु एक हुन जरुरी छ जसले भोली आउने च्याजेञ्जहरु सामना गर्न सकियोस । प्रजातन्त्रको सुदृढिकरण गरेर नेपाललाई पूर्ण रुपमा गणतन्त्रात्मक लोकतान्त्रिक राष्ट्र बनाउनुका साथै राष्ट्रिय एकताका लागि एक हुनु आवश्यक छ ।’’ त्यस्तै थापा लगायतका नेताहरुको प्रवेशले पार्टी बलियो बनाउने विश्वास देउवाले व्यक्त गरे ।
त्यस्तै थापाले पार्टी प्रवेश कार्यक्रममा थापाले वि.स. २०१० सालबाट नाता टुटेको कांग्रेससँग ६७ वर्षपछि जोड्न पाएकोमा आफुलाई खुसी लागेको बताए । उनले भने, ‘‘२०१० देखि कांग्रेससँगको म र मेरो परिवारको नाता टुटेको थियो । मेरो बुवा स्व. सूर्यबहादुर थापा २००८ मा कांग्रेसको कोषध्यक्ष हुनुहुन्थ्यो विराटनगरामा । २०१० सालमा धनकुटाको सभापति पनि हुनुभयो । आज झण्डै ६६, ६७ वर्षपछि नाता जोड्न पाए ।’’ थापाले राप्रपाले संविधान निर्माण हुँदा गरेको वाचा तोडेका कारण लोकतान्त्रिक मार्ग लिन कांग्रेसमा प्रवेश गरेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया