रियलका स्ट्राइकर मरियानो डियाजलाई कोरोना संक्रमण

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका एक खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएको छ । ला लिगा सकिएपछि गरिएको परिक्षणमा च्याम्पियन रियलका एक खेलाडीलाई कोरोना देखिएको हो ।

रियलले २६ वर्षे स्ट्राइकर मरियानो डियाजलाई कोरोना संक्रमण देखिएको जनाएको छ । उनमा कोरोना संक्रमण पुष्टि भए पनि पूर्ण रुपमा स्वस्थ्य रहेको रियलले जनाएको छ ।

कोरोना देखिएपछि उनी होम क्वारेन्टाइनमा रहेको बताईएको छ । कोरोना देखिएसँगै उनले च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीसँगको खेल गुमाउने छन् ।

यस्तै रियल र सिटीबीचको खेल समेत हुने नहुनेमा अन्योलता देखिएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?