नुवाकोट । मंगलवार नुवाकोटमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा तारकेश्वर गाउँपालिकाका १ जना ३१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
त्यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ ।
हालसम्म ३४ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । बाँकी ४ जनामध्ये त्रिशुली अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् भने १ जना शसस्त्र प्रहरी बल अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया