अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न पक्राउ

काठमाडौं । अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न भक्तपुर मध्यपुरथिमी नगरपालिका–५ घर भई काठमाडौंको बौद्ध बस्ने हरिशंकर श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास सञ्चालन भइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका २२ खिचापोखरीस्थित भवनमा अवैध रुपमा अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालन गरिरहेको अवस्थामा फेला पारी सोमबार पक्राउ गरिएको ब्यूरोले आज एक सूचना जारी गरी जनाएको छ ।

श्रेष्ठबाट ८ पोर्टको एक थान ओपन भोक्स गेटवे, एक थान चार्जर र आठ थान एनसेलको सीमकार्ड बरामद भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?