झनै बढ्यो तनाव : अमेरिकाले उडायो चीन नजिकै आफ्नो लडाकू विमान

काठमाडौं । चीन र अमेरिकाको बीचमा अहिलेको अवस्था झनै तनावपूर्ण बन्दै गएको छ ।

कोरोना भाइरसको विषय र दक्षिण चीन सागरको विषयलाई लिएर एक पछि अर्को तनाव बढ्दै गाईरहेको हो ।

यसैबीच अमेरिकी वायुसेनाले आफ्नो लडाकू विमान चीनको नजिक उडाएपछि झनै अवस्थाले नयाँ मोड लिएको छ ।

अमेरिकाले चीनको सबै चेतावनीलाई नमानेर शंघाई भन्दा १०० किमी टाढामा उडाएको थियो ।

यो घटनालाई लिएर जानकारहरुले अमेरिकाको यो गतिविधिले नाजुक अवस्था सिर्जना गर्नसक्ने बताएका छन् ।

पेंकिङ यूनिभर्सिटीको थिंक ट्यांक दक्षिण चीन सागरमा स्ट्रयाटीजिक सिचुएन प्रोबिंग इनिशिएटिभका अनुसार पी-८ए एन्टी सबरीमन विमान र इपी-३एफ विमान ताइवान स्ट्रेटमा देखिएका थिए ।

उक्त विमानले झेझियान्ग र फुजियानमा उडान भरेका थिए । अमेरिकी सेनाले दक्षिण चीन सागरमा लगातार १२ दिन या उडान भरिरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?