काठमाडौं । ताप्लेजुङमा १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका-२ बस्ने ३३ वर्षीय दिल कुमार लिम्बुलाई १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
लिम्बुले ती किशोरीलाई आइतबार बिहान सोही ठाउँस्थित जंगलको गोरेटो बाटोमा जबरजस्ती करणी गर्न खोजेको भन्ने खबर प्राप्त भए पछि प्रहरीले उनलाई
पक्राउ गरेको हो ।
यस घटनाको बारेमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया