आत्महत्या गर्न खोज्नेको उद्दार

काठमाडौं । काठमाडौंमा आत्महत्या गर्न खोज्ने एक व्यक्तिको प्रहरीले उद्दार गरेको छ । काठमाडौं महानगरपलिका-२६ बिजि मलस्थित एक गेष्ट हाउसको ३०१ नम्बरको कोठामा आत्महत्या गर्ने खोज्ने ३४ वर्षीय एक व्यक्तिको सोमबार बिहान प्रहरीले उद्दार गरेको हो ।

ती व्यक्तिले आफ्नो फेसबुक पेजमा ‘जिन्दगीमा धेरै तनाब भएर केही सोच्ने क्षमता नभएपछि आत्महत्या गर्दैछु कसैको केही दोष छैन, म मरेको खबर मेरो घरमा नपठाइदिनु होला’ लगायत लेखेर पोष्ट गरेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले उनको सकुशल उद्दार गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?