काठमाडौं । नेपालमा आज (मंगलवार) थप ३११ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ६३ पुगेको छ ।
त्यस्तै नेपालमा हालसम्म १३ हजार ८ सय ७५ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र थप १ सय २१ जना कोरोना मुक्त भएर घर फर्किएका हुन् । त्यससँगै हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार १ सय ३९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार कुल संक्रमितको ७२ दशमलव ८ प्रतिशत उपचारपछि निको भएर घर फर्किए । नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङका ६५ वर्षीय पुरुष रहेका छन् । त्यससँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा ५ हजार ३२ जनाको कोरोना परीक्षण गरिएको छ । हाल ५ सय ३२ जना रेड जोन अर्थात कोरोना संक्रमणको उच्च जोखिममा रहेका छन् । पछिल्लो समय नेपालमा क्वारेन्टाइनमा बस्नेहरुको संख्या घटिरहेको छ । हाल १५ हजार ३ सय ३१ जना मानिस मात्र क्वारेन्टाइनमा रहेका छन् ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । आज मात्र काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४८ जना काठमाडौं, भक्तपुरका १ जना र ललितपुरका ४ जना रहेका छन् ।
कुन जिल्लामा कति थपिए संक्रमित ?
कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा झापाका २ जना र मोरङका १६ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १ जना, ओखलढुङ्गाका १ जना र मोरङका १ जना
गजेन्द्र नारायण सिंह अस्पताल राजविराज प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका १५ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ८ जना र महोत्तरीका ८ जना
नारायणी अस्पताल वीरगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा बाराका १ जना, इलामका १ जना र पर्साका १३ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका १ जना, कपिलवस्तुका ३४ जना, काठमाडौंका ११ जना, नुवाकोटका १ जना र सिन्धुपालचोकका ४ जना
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा दाङका १ जना, गोरखाका १ जना, काठमाडौंका ९ जना, ललितपुरका १ जना र रामेछापका १ जना
भरतपुर अस्पताल प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका १ जना
पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका १ जना, पर्साका १ जना, ललितपुरका १ जना र सर्लाहीका १ जना
त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासीका १ जना र काठमाडौंका १ जना
नेपाल प्रहरी अस्पताल प्रयोगशाला महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका २१ जना
स्टार अस्पताल प्रयोगशाला सनेपामा गरिएको परीक्षणमा काठमाडौंका ६ जना र ललितपुरका २ जना
प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा कास्कीका २ जना, लमजुङका २ जना र स्याङजाका १८ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा बाराका ४ जना, रौतहटका १ जना र मकवानपुरका १ जना
भेरी अस्पताल प्रयोगशाला नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा दाङका ५ जना र बाँकेका ३ जना
लुम्बिनी प्रादेशिक अस्पताल बुटवल प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ५ जना र रुपन्देहीका २ जना
सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका ३ जना
दैलेख रियल टाइम पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १ जना
डडेल्धुरा अस्पताल प्रयोगशाला डडेल्धुरामा गरिएको परीक्षणमा बझाङका ३ जना र डोटीका ३५ जना
सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा अछामका १६ जना, दार्चुलाका १ जना, डोटीका २३ जना, कैलालीका १८ जना र कञ्चनपुरका १ जना
कुन प्रदेशमा कति छन् सक्रिय कोरोना संक्रमित ? (सूचिसहित)
हाल नेपालमा ५ हजार १ सय ३९ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । बितेको २४ घण्टामा थप ३ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै प्रदेश नं २ मा १ हजार ९ सय २२ जना र सबैभन्दा कम प्रदेश नं १ मा २ सय १७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश नं १ मा २ सय १७ जना
प्रदेश नं २ मा १ हजार ९ सय २२ जना
बाग्मती प्रदेशमा ४ सय ६१ जना
गण्डकी प्रदेशमा २ सय ६० जना
प्रदेश नं ५ मा ५ सय ९९ जना
कर्णाली प्रदेशमा ३ सय ७९ जना
सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय १ जना
यस्तो छ कोरोना संक्रमण मुक्त हुनेहरुको प्रादेशीक विवरण
बितेको २४ घण्टामा नेपालमा थप १ सय २१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १३ हजार ८ सय ७५ जना रहेका छन् ।
प्रदेश १ मा ७८९ जना
प्रदेश २ मा ३०१४ जना
वाग्मती प्रदेश ५१८
गण्डकी प्रदेशमा १२१७ जना
प्रदेश ५ मा ३९१० जना
कर्णाली प्रदेशमा १६०८ जना
सुदूरपश्चिम प्रदेशमा २८१९ जना
अब १५ हजार मात्र क्वारेन्टाइनमा, यस्तो छ प्रादेशीक विवरण
नेपालमा पछिल्लो समय क्वारेन्टाइनमा बस्नेहरुको संख्या घटिरहेको छ । हाल नेपालमा १५ हजार ३ सय ३१ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । हालसम्म १३ हजार ८ सय ७५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र थप १ सय २१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
प्रदेश नं १ मा १ हजार ९ सय ६३ जना
प्रदेश नं २ मा १ हजार ९ सय ६० जना
बाग्मती प्रदेशमा १ हजार १ सय ५४ जना
गण्डकी प्रदेशमा ३ हजार ३ सय ८२ जना
प्रदेश नं ५ मा १ हजार ९ सय ७१ जना
कर्णाली प्रदेशमा ६ सय ७४ जना
सुदूरपश्चिम प्रदेशमा ४ हजार २ सय २७ जना
कोरोनाको कारण ६५ वर्षीय वृद्धको मृत्यु
नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ जिल्ला बुङ्गल गाउँपालिका वडा नं ३ स्थित ६५ वर्षीय पुरुष रहेका छन् ।
उनको गत साउन ९ गते मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उनमा दम रोग रहेको थियो । उनी गत असार २४ गते भारतको बेङ्गलोरबाट असार २४ गते नेपाल फर्किएका थिए ।
यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
५ जिल्ला जहाँ छैनन् एक जना पनि कोरोना संक्रमित
नेपालको ७७ जिल्लामध्ये अहिले ५ जिल्लामा कोरोना संक्रमित छैनन् । ५ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
- संखुवासभा
- भोजपुर
- मुस्ताङ
- रसुवा
- मनाङ
यी २ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित
- रौतहट
- कैलाली
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया