अब १५ हजार मात्र क्वारेन्टाइनमा, यस्तो छ प्रादेशीक विवरण

काठमाडौं । नेपालमा पछिल्लो समय क्वारेन्टाइनमा बस्नेहरुको संख्या घटिरहेको छ । हाल नेपालमा १५ हजार ३ सय ३१ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । हालसम्म १३ हजार ८ सय ७५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र थप १ सय २१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा ?

प्रदेश नं १ मा १ हजार ९ सय ६३ जना

प्रदेश नं २ मा १ हजार ९ सय ६० जना

बाग्मती प्रदेशमा १ हजार १ सय ५४ जना

गण्डकी प्रदेशमा ३ हजार ३ सय ८२ जना

प्रदेश नं ५ मा १ हजार ९ सय ७१ जना

कर्णाली प्रदेशमा ६ सय ७४ जना

सुदूरपश्चिम प्रदेशमा ४ हजार २ सय २७ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?